८११५ मत अन्तरले बालेनको अग्रता

भक्तपुर न्यूज

४ जेठ २०७९ ८:३५

८११५ मत अन्तरले बालेनको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह बालेनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ८ हजार भन्दा बढी मत अन्तरले अग्रता लिएका छन् ।

४३ हजार ६४८ मतगणना गर्दा बालेन्द्रले १७ हजार ३१ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार स्थापितले ८ हजार ८७६ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर ८ हजार १ सय १५ छ ।

तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ९४१ मत पाएकी छन् । सिर्जना सिंह एमालेका केशव स्थापितभन्दा ९३५ मतले र बालेन शाहभन्दा ९ हजार ९० मतले पछाडि छिन् ।

प्रकाशित मितिः २०७९ जेठ ०४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय