भक्तपुर नगरपालिकाको मेयरमा नेमकिपाका सुनिल प्रजापति निर्वाचित

भक्तपुर न्यूज

२ जेठ २०७९ ८:११

भक्तपुर नगरपालिकाको मेयरमा नेमकिपाका सुनिल प्रजापति निर्वाचित

भक्तपुर । भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सुनिल प्रजापतिले निर्वाचित भएका छन्। प्रजापतिलेले निकटतम प्रतिद्वन्द्वी भन्दा २५ हजार ८ सय ४५ बढी मतले जित निकालेका हुन्।

२९ हजार २ सय ५२ मत ल्याएर प्रजापतिले चुनाव जित्दा कांग्रेसका रामप्रसाद कासुल ३ हजार ४ सय ५ मत ल्याएर दोस्रो भए। एमालेका रविन्द्र लाछिमस्यु ले २ हजार ८ सय ४१ मत ल्याए। स्वतन्त्र तर्फका उम्मेदवार सत्य राम त्वायनाले खरायो चिन्हबाट २ हजार ३ सय ९९ मत ल्याए। राप्रपाका बद्री लाखाजुले १ हजार ८१ र नेकपा ९माओवादी केन्द्र०का तुल्सीभक्त सुवालले ७ सय ६१ मत ल्याए।

जनमोर्चाका रामभक्त किजुले ४ सय १०, जसपाका राजा राम ढुकुछुले १ सय २३, मौलिक जरो किलो पार्टीका कृष्ण राम प्रजापतिले ९७, नेपाल राष्ट्रिय पार्टीका गोपाल दास बनेपालीले ५० मत ल्याएका छन्।

स्वतन्त्रका अनिल लावजूले २९, राम सुन्दर धुसूले २९, निल नारायण कोजुले १३ र बल राम प्रजापतिले ९ मत ल्याए। उपप्रमुखमा नेमकिपाकी रजनी जोशीले २९ हजार ७ सय ५९ मत ल्याएर विजयी भइन्।

वडा नम्बर र १ मा नेमकिपाका श्याम कृष्ण खत्रीले २ हजार १ सय ४३ मत ल्याएर निर्वाचित भए। वडा नम्बर २ मा पनि नेमकिपाकै हरिप्रसाद बासुकलाले २ हजार ६ सय २५, वडा नम्बर ३ मा नेमकिपाका राज कृष्ण गोराले २ हजार ४ सय ४०, वडा नम्बर ४ मा ३ हजार ५ सय ६२ मत ल्याएर चुनाव जितेका छन्।

वडा नम्बर ५ मा नेमकिपाका योगेन्द्र मान बिजुक्छेंले २ हजार ७ सय ७६, वडा नम्बर ६ मा पनि नेमकिपाका हरि राम सुवालले ३ हजार २ सय २९ मत ल्याएर चुनाव जितेका छन्। यस्तै, वडा नम्बर ७ नेमकिपाकै उम्मेदवार उकेश कवांलेले ३ हजार ९ सय ६९ मत ल्याएर चुनाव जितेका छन्।

यस्तै, वडा नम्बर ८ मा कृष्ण प्रसाद कोजुले २ हजार २ सय ८०, वडा नम्बर ९ मा रविन्द्र ज्याख्वाले ४ हजार २ सय ७७ र वडा नम्बर १० मा लक्ष्मी प्रसाद हयौमिखाले २ हजार ६ सय २६ मत ल्याएर नेमकिपाबाट चुनाव जितेका छन्। भक्तपुरमा नेमकिपाका सबै उम्मेदवार विजयी भएका छन्।

 

प्रकाशित मितिः २०७९ जेठ ०२ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय