भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको अग्रता कायमै
भरतपुर । भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको अग्रता कायमै रहेको छ। उनले निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी रेणु दाहाललाई ४३ मतले पछाडी पार्दै अग्रता कायम गरेका हुन्।
सुवेदीले ३८९९ मत लिँदा रेणुले ३८५६ मत लिएकी छन्। भने नेपाली कांग्रेसका बागी जगन्नाथ पौडेलले १५४८ मत प्राप्त गरेका छन्। मतगणनाको सुरुवातमा रेणुले अग्रता लिएकी थिइन्। रेणुको अग्रता हुँदा खासै मतान्तर नभएको भए पनि विजयले अग्रता लिएपछि मतान्तर पनि बढाउँदै गएका हुन्।
यता, उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी ४४३१ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङले ३०४१ मत प्राप्त गरेका छन्।
यतिबेला महानगरपालिकाको वडा नम्बर ३ मा मतगणना भइरहेको छ। वडा अध्यक्षमा नेकपा एमालेका विकास थापाले १५९२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका भरत लामिछानेलाई १०२० मत प्राप्त गरेका छन्।
प्रकाशित मितिः २०७९ जेठ ०२ सोमबार
