काठमाडौं उपत्यकामा थपिए ५ जना कोरोना संक्रमित , भक्तपुरमा भने शून्य

भक्तपुर न्यूज

३० वैशाख २०७९ ११:३७

काठमाडौं उपत्यकामा थपिए ५ जना कोरोना संक्रमित , भक्तपुरमा भने शून्य

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा १ जना र ललितपुरमा ४ जना संक्रमित थपिएका छन् । भक्तपुर र ललितपुरमा भने आज संक्रमित थपिएका छैनन् ।

योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ५२ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ३९ , भक्तपुर जिल्लामा १ र ललितपुर जिल्लामा १२ सक्रिय संक्रमित रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ पुगेको छ । आज थप १६ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.८ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६६ हजार ८७३ पुगेको छ ।

प्रकाशित मितिः २०७९ बैशाख ३० शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय