भक्तपुरमा ३ बजेसम्म ६५ प्रतिशत मत खस्यो, ८० प्रतिशतसम्म खस्ने अनुमान
भक्तपुर । भक्तपुरमा स्थानीय तह निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । दिउँसो ३ बजेसम्म भक्तपुर जिल्लाभर करीब ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिए ।
स्थानीय तह निर्वाचनको मतदान सकिन अब मात्र आधा घण्टा मात्र बांकी छ । यद्यपि, साँझ ५ बजेसम्म लाइनमा बस्नेलाई मतदान गर्न दिने निर्वाचन आयोगले जनाएको छ।
जिल्लामा कूल एक लाख ८९ हजार ५८४ मतदाता छन् । जसमध्ये भक्तपुर नगरपालिकामा ५७ हजार २७०, चाँगुनारायण नगरमा ४३ हजार १०४, सूर्यविनायक नगरमा ४७ हजार ३६७ र मध्यपुर थिमी नगरमा ४१ हजार ८४३ जना छन् ।
जिल्लामा ७० देखि ८० प्रतिशत हाराहारी मत खस्ने अनुमान गरिएको छ ।
प्रकाशित मितिः २०७९ बैशाख ३० शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
