मङ्गलबार राति १२ बजेदेखि ७२ घण्टाका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द

भक्तपुर न्यूज

२६ वैशाख २०७९ ३:०७

मङ्गलबार राति १२ बजेदेखि ७२ घण्टाका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द

काठमाडौं । स्थानीय तह निर्वाचनलाई लक्षित गरेर मङ्गलबार राति १२ बजेदेखि ७२ घण्टाका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिने भएको छ ।

निर्वाचनको सुरक्षाका लागि विभिन्न खालका घुसपैठ रोक्नलाई नाका शील गरिने भएको हो । नाका शील गरिएको समयमा सवारीसाधन एवम् मानिस आवतजावतमा रोक लगाइने छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले परिपत्र गरिसकेको छ ।

मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मान्ने गरिएको छ । उक्त अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्दै उम्मेदवारलाई चुनाव प्रचारमा रोक लगाउने गरिन्छ ।

निर्वाचन सकिएपछि नाका खुला गरिने छ । नेपालका ४२ जिल्ला चीन र भारतसँग सीमा जोडिएका छन् । भारततर्फका सीमा नाका खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ ।

अन्तर्राष्ट्रिय हवाई उडानका लागि विमानस्थलसम्म पुग्ने र विदेशबाट फर्किनेहरुका लागि भने पासपोर्ट, भिसा र हवाई टिकटको आधारमा जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मीसँग समन्वय गरेर गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने छ । मतदानका दिन अनुमति लिएकाबाहेकका सवारीसाधन सञ्चालनमा पनि रोक लगाइने छ ।

प्रकाशित मितिः २०७९ बैशाख २६ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय