पछिल्लो २४ घन्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घन्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ लाख १९ हजार ४२ पुगेको छ ।
विभिन्न प्रयोगशालामा ४ हजार १० जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार ९०५ जनाको पीसीआर परीक्षण गर्दा १७ र १ हजार १०५ जनाको एन्टिजेन परीक्षण गर्दा ० जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल २०१ जना सक्रिय संक्रमित छन्।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ पुगेको छ । आज थप २१ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.८ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६६ हजार ७८९ पुगेको छ ।
प्रकाशित मितिः २०७९ बैशाख २५ आइतबार
