काठमाडौं उपत्यकामा थपिए ४ जना कोरोना संक्रमित , भक्तपुरमा भने शून्य

भक्तपुर न्यूज

२३ वैशाख २०७९ ११:१३

काठमाडौं उपत्यकामा थपिए ४ जना कोरोना संक्रमित , भक्तपुरमा भने शून्य

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा मात्र ३ जना र ललितपुरमा १ जना संक्रमित थपिएका छन् । भक्तपुरमा भने आज संक्रमित थपिएका छैनन् ।

योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ६९ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ६० , भक्तपुर जिल्लामा ४ र ललितपुर जिल्लामा ५ सक्रिय संक्रमित रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ पुगेको छ । आज थप १७ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.८ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६६ हजार ७४७ पुगेको छ ।

प्रकाशित मितिः २०७९ बैशाख २३ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय