आगामी ३ दिनको मौसम : देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने

भक्तपुर न्यूज

१६ वैशाख २०७९ ७:३२

आगामी ३ दिनको मौसम : देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङ्सहित वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।विभागले आगामी ३ दिनको मौसमको पूर्वानुमान गर्दै आइतबार रातिसम्म नै देशका विभिन्न ठाउँमा मध्यमदेखि हल्का वर्षा हुने जनाएको छ ।

प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागमा अबको २४ घन्टामा वर्षा हुने विभागले जनाएको छ । अहिले देशका पहाडी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेकोले आंशिकदेखि सामान्य बदली भएको विभागले स्पष्ट पारेको छ ।

प्रकाशित मितिः २०७९ बैशाख १६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय