अब साताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

भक्तपुर न्यूज

१४ वैशाख २०७९ १०:०७

अब साताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले अब साताको २ दिन सार्वजनिक बिदा दिने भएको छ । शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए । नेपाल आयल निगम समेतको सुझावको आधारमा मन्त्रिपरिषद्मा यो विषय विचाराधीन रहेकामा हाल निर्णय गरिएको हो ।

जेठ १ देखि लागू हुनेगरी शनिबार र आइतबार बाहेकका दिनमा भने बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णयसमेत भएको छ ।

प्रकाशित मितिः २०७९ बैशाख १४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय