भक्तपुरमा १ सहित काठमाडौं उपत्यकामा थपिए ७ जना कोरोना संक्रमित

भक्तपुर न्यूज

१३ वैशाख २०७९ १०:३२

भक्तपुरमा १ सहित काठमाडौं उपत्यकामा थपिए ७ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा सबै भन्दा बढी ४ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा १ र ललितपुरमा २ संक्रमित थपिएका छन् ।

योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ७५ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ५० , भक्तपुर जिल्लामा ७ र ललितपुर जिल्लामा १८ सक्रिय संक्रमित रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ पुगेको छ । आज थप १८ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.८ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६६ हजार ५५८ पुगेको छ ।

प्रकाशित मितिः २०७९ बैशाख १३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय