काठमाडौं उपत्यकामा थपिए ६ जना कोरोना संक्रमित , भक्तपुरमा भने शून्य

भक्तपुर न्यूज

५ वैशाख २०७९ १०:१५

काठमाडौं उपत्यकामा थपिए ६ जना कोरोना संक्रमित , भक्तपुरमा भने शून्य

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा मात्र ४ जना र ललितपुरमा २ जना संक्रमित थपिएका हुन् । भक्तपुरमा भने आज शून्य छ ।

योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ४२ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा २९ , भक्तपुर जिल्लामा ३ र ललितपुर जिल्लामा १३ सक्रिय संक्रमित रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ पुगेको छ । आज थप ३४ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।७ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६६ हजार ३७३ पुगेको छ ।

प्रकाशित मितिः २०७९ बैशाख ०५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय