काठमाडौंमा थपिए ३ जना कोरोना संक्रमित , भक्तपुर र ललितपुरमा भने शून्य

भक्तपुर न्यूज

४ वैशाख २०७९ ११:०१

काठमाडौंमा थपिए ३ जना कोरोना संक्रमित , भक्तपुर र ललितपुरमा भने शून्य

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा मात्र ३ जना संक्रमित थपिएका हुन् । ललितपुरमा र भक्तपुरमा भने आज शून्य छ ।

योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ४२ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा २८ , भक्तपुर जिल्लामा ३ र ललितपुर जिल्लामा ११ सक्रिय संक्रमित रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ पुगेको छ । आज थप ३६ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।७ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६६ हजार ३३९ पुगेको छ ।

प्रकाशित मितिः २०७९ बैशाख ०४ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय