ललितपुरमा थपिए २ जना कोरोना संक्रमित , भक्तपुर र काठमाडौंमा भने शून्य
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ जना संक्रमित थपिएका छन् । आज ललितपुरमा मात्र २ जना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या १ सय ७७ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ९३ , भक्तपुर जिल्लामा २ र ललितपुर जिल्लामा ८२ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ पुगेको छ । आज थप ४८ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।७ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६६ हजार २८ पुगेको छ ।
प्रकाशित मितिः २०७८ चैत २७ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
