काठमाडौंमा थपिए १ जना कोरोना संक्रमित , ललितपुर र भक्तपुरमा भने शून्य

भक्तपुर न्यूज

२४ चैत २०७८ ११:४७

काठमाडौंमा थपिए १ जना कोरोना संक्रमित , ललितपुर र भक्तपुरमा भने शून्य

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा मात्र १ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या २ सय १९ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा १ सय २० , भक्तपुर जिल्लामा २ र ललितपुर जिल्लामा ९७ सक्रिय संक्रमित रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ पुगेको छ । आज थप २५ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।७ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६५ हजार ८ सय ४७ पुगेको छ ।

प्रकाशित मितिः २०७८ चैत २४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय