सर्भसुलभ र गुणस्तरीय सेवामा इवामुरा अस्पताल : मारिखु

भक्तपुर न्यूज

१७ वैशाख २०७४ ५:१५

सर्भसुलभ र गुणस्तरीय सेवामा इवामुरा अस्पताल : मारिखु

डा. इवामुरा अस्पतालले पछिल्लो समयमा प्रदान गर्दै आएको सेवा र सुबिधामा देखिएको गुणस्तरले सबै सेवाग्राहीहरुमा आशा जगाएको छ । अस्पतालले आफ्नो सामथ्र्य अनुसार सक्नेको सहयोग नसक्नेलाई भन्ने मूल नाराकासाथ स्वास्थ्य क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ । भक्तपुरको सल्लाघारीस्थित डा.इवामुरा अस्पताल बिगतका दिनमा आफूलाई स्थापित गर्न धेरै संघर्ष गर्नु परेता पनि आफ्नो गुणस्तरको विकाससँगै भक्तपुरमा मात्र नभएर उपत्यकाकै सफल र स्थापित अस्पतालको रुपमा परिचित गराउन सफल भएको छ । पछिल्लो समय अस्पताल ब्यवस्थापनमा युवा पुस्ताहरुको सक्रियतासँगै अस्पतालले सेवा र सुबिधामा समेत ब्यापक परिवर्तन गरि सेवाग्राहीको मन जित्न सफल बन्दै छ । अस्पतालको ब्यवस्थापकको रुपमा काम गरिरहेका ३१ बर्षिय रञ्जित मारिखुसँग भक्तपुर न्यूज डटकमका सहकर्मी कमल न्यौपानेले गरेको भलाकुसारीको सारसंक्षेप :–
कस्तो छ अस्पतालको अवस्था ?
– विगतका दिनहरुमा जसरी अस्पतालले आफूलाई स्थापित गर्न संघर्ष गर्दै यो चरणसम्म ल्याएको छ त्यो आफैमा ठूलो उपलब्धी हो । आफूले यो अस्पतालको ब्यवस्थापक रहेर काम गरेको झन्डै तीन वर्ष भयो यो समयमा अस्पतालमा देखिएका कमिकम्जोरीलाई हटाउँदै अस्पताल जस्तो भएको छ । अस्पतालले अझै कसरी सेवाग्राहीलाई सक्दो सहज र सुलभ सेवा प्रदान गर्न सक्छ त्यसमै केन्द्रित बनेका छौं ।
भनिन्छ नि भक्तपुका नीजि अस्पतालहरुमा चिकित्सकहरुको अभाव छ भनेर ?
– विगतका दिनहरुमा भक्तपुरमा विज्ञचिकित्सक तथा चिकित्सकहरुको अभाव देखिएता पनि हाल आएर भक्तपुर शैक्षिक जिल्लामा पहिलो जिल्ला भए यता भक्तपुरकै स्थानीय चिकित्सकहरुको बाहुल्यता रहेको छ । भक्तपुरमा चिकित्सहरुको उत्पादनसँगै बिभिन्न अस्पतालहरुले चिकित्सकको अभावको महशुस गर्नु परेको देखिँदैन तर पनि केही मात्रामा भने भक्तपुर बाहिरबाट आउनु भएका चिकित्सकहरुले सवल र सफल सेवा प्रदान गरिरहनु भएको छ, जुन भक्तपुरका सेवाग्राहीका लागि लाभको पक्ष हो ।
यो अस्पतालको नाम कसरी डा. इवामुरा रहन गयो नि ?
– जापानको हिरोसीमा र नागासाकिमा भएको बम आक्रमणमा परि बाँचेका एक जापानी नागरिक जो चिकित्सा पेशामा संलग्न थिएनन् तर उनी नरसंहारकारी आक्रमणबाट आफू बाँचे पछि चिकित्सा अध्ययन गरे । उनको नेपाल र नेपालीप्रतिको लगावसँगै २२ बर्षसम्म नेपालमा बसेर स्वास्थ्य क्षेत्रमा सहयोग गरे । त्यसको केही समय पश्चात नेपालमै रहकी उनकी धर्मपुत्री पूर्णिमा गुरुङले आफ्नो धर्म पिताको सम्झनामा बिभिन्न परोपकारी हातहरुसँग मिलेर खुलेको हो यो अस्पताल ।
हाल अस्पताल कसरी सञ्चालनमा रहेको छ त ?
– विगतका दिनमा अस्पताल सञ्चालनमा भक्तपुरका केहीको संलग्नता रहेता पनि पछिल्लो समयमा भक्तपुरकै बिभिन्न क्षेत्रका ब्यक्तिहरुको संलग्नतामा यो अस्पताल सञ्चालनमा रहेको छ । यो अस्पतालको मुख्य उद्देश्य भनेको नाफा नभएर भक्तपुर लगाएत देशै भरका रोगीहरुको रोग निधान गर्ने नै हो ।
अन्य अस्पताहरुभन्दा इवामुरा अस्पतालमा के भिन्नता छ ?
– हामी कहाँ कहिले काँही तत्काल पैसा नभएका विरामी पनि आउने गर्छन् । यस्तो अबस्थामा पनि अस्पतालले विश्वासको आधारमा विरामीको सहजै उपचार गर्ने गरेको छ । सरकारले गरिब असहायलाई निःशुल्क सेवा प्रदान गर्नुपर्ने प्रावधान ल्याएकोले हामीले सरकारको यो प्रावधानलाई पनि कार्यान्वयन गरेका छौं । अहिलेसम्म ४ जनाले यो सुविधा लगिसकेका छन् । हामीले निःशुल्क परिवार नियोजन सेवा, विभिन्न खोप सेवा पनि सुरु गरेका छौ । हामीले सक्दो सहुलियत दरमा स्वास्थ्य सेवा अन्य अस्पतालको तुलनामा कम मूल्यमा बिशेषज्ञहरुबाट प्रदान गरिरहेका छौ. । २४ घण्टा आपतकालिन सेवा उपलब्ध छ । बिभिन्न खालका मेजर वा माइनर अप्रेशन सञ्चालन भईरहेको छ । बिशेष गरेर मृगौला सम्बन्धि अप्रेशन पत्थरी, मिनि पिशिएनएल, टियुआरपी, पिशिएनएल, यूरो फोलो मिटर जाँच साथै स्त्रीरोग सम्बन्धि ल्याप्रोसकोपी अप्रेशन, हाडजोर्नी अप्रेशन सेवा समेत उपलब्ध रहेको छ भने गरिब असाहयहरुका लागि निशुल्क र प्रकृति हेरी छुटको ब्यवस्था गरेका छौ । त्यस्तै चेकजाँच मात्र नभएर बिभिन्न औषधिहरुमा समेत छुटको ब्यवस्था उपलब्ध गराएका छौ ।
इवामुरा अस्पतालले कलेज पनि चलाइरहेको छ होईन र ?
– हो हामीले समयको मागअनुसार स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ इवामुरा कलेज अफ हेल्थ साईन्स सञ्चालन गरिरहेका छौं । जस अन्र्तगत हेल्थ असिस्टेन्ट, पिशिएल नर्सिङ, स्पेशल पिशिएल नर्सिङ , ल्याव असिस्टेन्ट, ल्याब टेक्निशियन, इस्पेशल हेल्थ असिस्टेन्ट, रेडियोग्राफी र डि फार्मेसीका कक्षाहरु सञ्चालन गरिरहेका छौं ।
इवामुरा अस्पताल अन्य अस्पतालको तुलनमा महँगो छ भन्छन् नी ?
– नीजि अस्पताल भएका कारण सरकारी अस्पतालसँग तुलना गर्दा महँगो जस्तो मात्र लागेको हो । तर अन्य नीजि अस्पतालको तुलनामा यो अस्पताल सेवा र सुबिधाको हिसाबले सुलभ रहेको छ । यो प्रश्न तपाँईहरुले यो अस्पतालबाट सेवा लिइसकेकाहरुलाई सोध्दा अर्झै स्पष्ट होला कि ? हामीले महँगो सेवा भन्दा पनि लाभमुलक र रोग निधान तर्फ अग्रसर बनेका छौ ।
अन्त्यमा ?
– भक्तपुरका स्थानीयहरुले जसरी यो अस्पताललाई माया गरेर सेवा गर्ने मौका दिनु भएको छ त्यो सफल रहेको छ । उपत्यका भित्र रहेका कुनै पनि अस्पताल भन्दा यो अस्पताल सेवाका बारे कम छैन । तपाँइहरु यो अस्पतालमा आएर हेर्नुहोस् आफै पत्ता लगाउन सक्नु हुनेछ । अस्पतालका बारे बिचार राख्ने मौका दिनु भएकोमा भक्तपुर न्यूज डटकम परिवारलाई धन्यबाद दिन चाहन्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *