भक्तपुरमा २ सहित काठमाडौं उपत्यकामा थपिए १३ जना कोरोना संक्रमित

भक्तपुर न्यूज

८ चैत २०७८ १०:४६

भक्तपुरमा २ सहित काठमाडौं उपत्यकामा थपिए १३ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १३ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी ९ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा २ र ललितपुरमा २ संक्रमित थपिएका छन् ।

योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ सय २९ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ३ सय १४ , भक्तपुर जिल्लामा २९ र ललितपुर जिल्लामा २ सय ८६ सक्रिय संक्रमित रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ पुगेको छ । आज थप ४ सय ८१ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.५ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६३ हजार ५ सय ९२ पुगेको छ ।

प्रकाशित मितिः २०७८ चैत ०८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय