सूर्यविनायकलाई पर्यटकिय क्षेत्र बनाउँछु : राजनकाजी त्वाती

भक्तपुर न्यूज

१४ वैशाख २०७४ ९:१९

सूर्यविनायकलाई पर्यटकिय क्षेत्र बनाउँछु : राजनकाजी त्वाती

भक्तपुरको सूर्यविनायक क्षेत्रको राजनीतिक बृत्तमा राजनकाजी त्वाती चलेको नाम हो । नेपाली काँग्रेसको महासमिति सदस्य समेत भैसकेका त्वाती अहिले नेपाली काँग्रेस जिल्ला सदस्य पनि हुन् । लोकप्रिय र चर्चित नेता त्वाती आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सूर्यविनायक नगरपालिकाको प्रमुख पद (मेयर) का आंकाक्षी हुन् । उनी मेयरको आंकाक्षी भएको चर्चाले नगरका नागरिकले यस नगरको समग्र विकास र समृद्धिको आशा र अपेक्षा समेत गरेका छन् । उनै चर्चित युवा नेता त्वातींसँग नगरको निर्वाचन र यहाँको विकासका बारेमा भक्तपुर न्यूज डटकमका सहकर्मी कमल न्यौपानेले गरेको कुराकानीको सारसंक्षेप :-
सूर्यविनायक नगरको निर्वाचन अबस्था कस्तो देख्नुहुन्छ ?
– सूर्यविनायक नगरक्षेत्र नेपाली काँग्रेसको राम्रो माहोल भएको क्षेत्र हो । यो नगरमा रहेका सबै वडामा काँग्रेसको पकड बलियो भएकै कारण आगामी निर्वाचनमा पनि काँग्रेसको नेतृत्व निश्चित छ । हिजो पनि काँग्रेस अगाडि थियो अहिलेपनि काँग्रेस नै अघि छ । सबै नेता र कार्यकर्ता आ आफ्नो तहबाट निर्वाचनका लागि प्रचार प्रसारमा लागिरहेका छन् । त्यसैले सूर्यविनायकमा निर्वाचनको अबस्था पनि राम्रो छ ।
नगर प्रमुख पदमा काँग्रेसबाट १६ जना आंकाक्षी छन नि ?
– हो जिल्लामा भएका सबै नगरपालिका भन्दा यो नगरपालिकामा प्रमुख पदका लागि उम्मेदवारको संख्या धेरै छ । यस बिषयमा हरेक दिन पार्टी बृत्तमा छलफल बहस भैरहेको छ । पार्टीले पनि सबै आंकाक्षीमध्ये जसले काँग्रेसमा त्याग गरेको छ । संगठन विस्तारका लागि लागि परेको छ त्यसैलाई छनौट गर्छ । काँग्रेसमा गरेको लगानी र युवाको चाहानाका साथै जनमतका आधारमा म पनि एउटा आंकाक्षी हो । लाग्छ, जनमतको आधारमा पनि पार्टीले अन्तमा मलाई नै टिकट दिन्छ ।
तपाईले नै टिकट पाउने आधारहरु के के छन् ?
– पहिलो कुरा त म युवा र विकासप्रेमी नेता हो । मसँग विकास योजना छ । यति मात्रै नभई म कुशल सामाजिक मान्छे भएकोले पनि आम जनमतले मलाई साथ दिएको छ र दिन्छ पनि । म अहिले होईन २०४२ सालदेखि नेपाली काँग्रेसमा आबद्ध भएर संगठन विस्तारका साथै काँग्रेसका विभिन्न अभियानमा सक्रिय भैरहेको छु ।
मसँग सूर्यविनायकलाई देशकै पर्यटयिक नगर बनाउने योजना पनि छ । मैले गरेको अनुभवका आधारमा पनि अहिले नगरप्रमुखका लागि म योग्य छु भन्ने छ । यी विविध कारणले गर्दा नै अन्तत मैले नै टिकट पाउनुपर्छ भन्ने हो ।
तपाई नगर प्रमुख हुनुभयो भने तपाईका योजना के छन् ?
– म नगर प्रमुख भएको अबस्थामा सबैभन्दा पहिला त सूर्यविनायक क्षेत्रको खानेपानी समस्या समाधानका लागि पहल गर्छु । यससँगै यहाँको सडक विकास, ढल निकासा, शिक्षा, स्वास्थ्य र सूर्यविनायकलाई पर्यटकीय नगरपालिकाको रुपमा विकास गर्ने तर्फ लागिपर्ने छु । किसानका समस्या समाधानका लागि पहल गर्छु । युवाहरुलाई विदेश जान होईन स्वदेशमै रोकेर यहि आत्मनिर्भर बनाउने सिपमुलक कार्यक्रम सञ्चालन गर्ने योजना पनि बनाएको छु ।
अन्त्यमा केही भन्नुछ ?
– पार्टीले विश्वास गरेर मलाई टिकट दिएपछि र जनताले मन जितेर मतदान गरी जिताएपछि सूर्यविनायक क्षेत्रको समृद्धिका लागि पर्ने प्रतिबद्धता जनाउँछु । यो नगरको समृद्धि र विकासका लागि युवा र जाँगरिलो जोशका साथ अघि बढ्छु यसैले मलाई सहयोग गर्न काँग्रेस पार्टीका नेतादेखि कार्यकर्ता र सूर्यविनायक बासीमा अनुरोध गर्छु । सहयोगका लागि सबै शुभेच्छुकहरुमा आग्रह पनि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *