काठमाडौं उपत्यकामा थपिए ३२ जना कोरोना संक्रमित , भक्तपुरमा शून्य

भक्तपुर न्यूज

१७ फागुन २०७८ १०:२१

काठमाडौं उपत्यकामा थपिए ३२ जना कोरोना संक्रमित , भक्तपुरमा शून्य

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३२ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी २७ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा ० र ललितपुरमा ५ संक्रमित थपिएका छन् ।

योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ४६९ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा १ हजार २५७ , भक्तपुर जिल्लामा १ सय २३ र ललितपुर जिल्लामा १ हजार ८९ सक्रिय संक्रमित रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९३८ पुगेको छ । आज थप ३ सय ५४ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.९ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ५७ हजार १ सय ६७ पुगेको छ ।

प्रकाशित मितिः २०७८ फागुन १७ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय