भक्तपुरमा २ सय ६८ सहित काठमाडौं उपत्यकामा थपिए २ हजार ९४० जना कोरोना संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ९४० जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी २ हजार १५३ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा २ सय ६८ र ललितपुरमा ५ सय १९ संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ५४ हजार ३५ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ३८ हजार २२ , भक्तपुर जिल्लामा ५ हजार ६९४ र ललितपुर जिल्लामा १० हजार ३१९ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ९७ पुगेको छ । आज थप ५ हजार ४३२ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ८९।१ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ८ लाख ४२ हजार ४३६ पुगेको छ ।
प्रकाशित मितिः २०७८ माघ १४ शुक्रबार
