काठमाडौं । बलिउड अभिनेता शाहरुख खान पहिलो पटक आफ्नो छोरालाई भेट्न जेलमा पुगेका छन् । शाहरुख खान मुम्बईको आर्थर रोडको जेलमा रहेका छोरा आर्यनलाई भेट्न पुगेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
शाहरुख खानले आफ्नो छोरालाई भेटेपछि १५ मिनेट कुरा गरेका थिए । जेलबाट बाहिर आउँदा शाहरुख खानले मिडियासँग कुरा गरेनन् । आर्यनको जमानत याचिका बुधबार अदालतमा खारेज भएको थियो। नारकोटिक्स कन्ट्रोल ब्यूरोले आर्यन खानको मुद्दामा जमानतको विरोध गरिरहेको छ।
ड्रग्सको मुद्दामा फसेका आर्यन खानको जमानत निवेदन बम्बई उच्च अदालतमा अक्टोबर २६ मा सुनुवाई हुने भएको छ । सुनुवाई अक्टोबर २६ मा हुने भएपछि आर्यन खान अब अक्टोबर २६ सम्म जेलमै बस्नु पर्ने भएको छ ।
आर्यन खान,अरबाज मर्चेन्ट र मुनमुन धामेचालाई एनसीबीले ३ अक्टोबरमा लागुऔषधको प्रयोग गरेको आरोपमा पक्राउ गरेको थियो।बुधबार विशेष एनडीपीएस अदालतले आर्यनसहित बाकी आरोपीहरुको जमानत याचिका अस्वीकार गरेको थियो ।त्यसपछि उनीहरुका वकिलहरुले तुरुन्त बम्बई हाईकोर्टमा निवेदन दायर गर्दै अदालतको आदेशलाई चुनौती दिएका छन् ।
आर्यनको साथबाट केहि बरामद भएको भने छैन तर उसका साथीहरुसँग ड्रग्स भेटिएको थियो । एनसीबीले आर्यनको साथबाट ड्रग्स नभेटिएपनि उनी त्यसमा संलग्न हुनसक्ने भन्दै नियन्त्रणमा लिएको हो ।
आर्यनले बलिउडकी अभिनेत्रीसँगको कुराकानी पनि चर्चामा आएको छ। च्याटमा ड्रग्स र ड्रग्सको नशाको बारेमा कुराकानी भएको थियो। अदालतमा बहसको क्रममा, एनसीबी टोलीले अदालतलाई सुम्पिएको अभियुक्तको च्याटमा अभिनेत्रीसँग आर्यनको कुराकानी पनि सामेल छ। एजेन्सी
प्रकाशित मितिः २०७८ कार्तिक ०४ बिहिबार
Comments