भक्तपुरमा ४३ सहित काठमाडौँ उपत्यकामा थपिए ३ सय ९४ जना संक्रमित
काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९४ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी २ सय ८५ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा ४३ र ललितपुरमा ६६ संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ४ हजार ५२२ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा २ हजार ५४८ , भक्तपुर जिल्लामा ८ सय २२ र ललितपुर जिल्लामा १ हजार १५२ सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार २६२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९६.२ रहेको मन्त्रालयले जनाएको छ । देशभर अहिले २५६ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा १२ हजार ८१ पिसिआर र ३ हजार ४०७ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार ८४८ पुगेका छन् । पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ ।
प्रकाशित मितिः २०७८ असोज ११ सोमबार
