कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै

भक्तपुर न्यूज

३० भदौ २०७८ २:५९

कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै

काठमाडौं । कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण पटक–पटक स्थगित भएको कक्षा १२ को परीक्षा बुधबारदेखि सुरु हुँदैछ। परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

प्रवेशपत्रका आधारमा विद्यार्थीहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिइएको थियो र अधिकांशले खोप लगाएपछि परीक्षा हुन लागेको हो ।

कक्षा १२ को परीक्षामा यो वर्ष तीन लाख ७४ हजार १२५ विद्यार्थी सहभागी हुँदैछन् । परीक्षा होम सेन्टर अर्थात् विद्यार्थीले पढेकै विद्यालयबाट दिने छन् । देशभर चार हजार तीन सय १५ केन्द्र तोकिएको र परीक्षाको सबै तयरी पूरा भइसकेको राष्ट्रिय परीक्षा बोर्डकाले जनाएको छ ।

प्रकाशित मितिः २०७८ भदौ ३० बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *