भक्तपुरमा १०३ सहित काठमाडौँ उपत्यकामा थपिए ९ सय ६ जना कोरोना संक्रमित

भक्तपुर न्यूज

१४ भदौ २०७८ ११:५४

भक्तपुरमा १०३ सहित काठमाडौँ उपत्यकामा थपिए ९ सय ६ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय ६ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी ६६५ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा १०३ र ललितपुरमा १३८ संक्रमित थपिएका छन् । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ९ हजार १४६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८०८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९३।९ रहेको मन्त्रालयले जनाएको छ । देशभर अहिले ३३८ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा ११ हजार ८९२ पिसिआर र ४ हजार ३४१ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजार ८७४ पुगेका छन् । पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ ।

प्रकाशित मितिः २०७८ भदौ १४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय