एसईई र कक्षा १२ को परीक्षा स्थगित

भक्तपुर न्यूज

२७ वैशाख २०७८ ६:०९

एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ र एसईई को परीक्षा स्थगित गरेको छ । बोर्डको आज बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष डा। चन्द्रमणि पौडेलले जानकारी दिए । ‘कोरोना संक्रमण फैलिनेक्रम जारी छ,’ उनले भने, ‘त्यसैले अर्को सूचना नआउन्जेलसम्मको लागि परीक्षा स्थगित गरेका हौं।’

बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो ।

गतवर्ष पनि कोरोना महामारीका कारण एसईईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित गरिएको थियो ।

प्रकाशित मितिः २०७८ बैशाख २७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *