भक्तपुरको खरिपाटीस्थित तालिम केन्द्रमा आइसोलेशन केन्द्र निर्माणका लागि सरकारलाई आग्रह

भक्तपुर न्यूज

२३ वैशाख २०७८ १३:५०

भक्तपुरको खरिपाटीस्थित तालिम केन्द्रमा आइसोलेशन केन्द्र निर्माणका लागि सरकारलाई आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भक्तपुरको खरिपाटीस्थित तालिम केन्द्रमा कोभिड–१९बाट सङ्क्रमितको उपचारका लागि आइसोलेशन केन्द्र निर्माणका लागि सरकारलाई आग्रह गरेको छ ।

तालिम केन्द्रको पूर्वाधारलाई मुलुकलाई आवश्यक परेको वेला प्रयोग गर्ने सकिने भएकाले आइसोलेशन सेन्टर निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमार्फत सरकारसमक्ष प्रस्ताव गरिएको प्राधिकरण जनाएको छ ।

प्राधिकरणका अनुसार, कर्मचारी सङ्क्रमित भएमा उनीहरूलाई राख्नका लागि प्राथमिकता दिँदै कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले तोकेको निकायलाई तालिम केन्द्रको पूर्वाधार आइसोलेशनका रूपमा प्रयोग गर्न प्रस्ताव गरिएको हो ।

“तालिम केन्द्र परिसरभित्रका भवनमा रहेका ६६ वटा कोठामा १३३ वटा बेड राख्न सकिन्छ, गत वर्ष राखिएका बेड पनि त्यहाँ छन्, त्यसमा थप ५० बेड राखी आवश्यक डस्ना, तन्नाजस्ता सामग्रीको जोहो गरे पुग्ने प्राधिकरणले जनाएको छ । तालिम केन्द्रमा सिसिटिभी पनि जडान गरिएको छ । बिरामीलाई अक्सिजन आवश्यक परेमा कोठामा सिलिण्डरसमेत राख्न सकिन्छ, आपत्कालीन विद्युत् आपूर्तिका लागि डिजेल जेनेरेटर चालू अवस्थामा छन् ।

तालिम केन्द्रमा रहेको भवन नं १ मा २६ कोठा छन् त्यहाँ २४ वटा वेड राख्न सकिन्छ । भवन नं २ मा २६ कोठा छन्, त्यहाँ ७८ वटा वेड राख्न सकिन्छ । स्टाफ क्वाटर भवनमा ११ कोठा छन् । त्यहाँ २८ वटा बेड राख्न सकिन्छ । यसैगरी, क्वाटर भवनका ३ कोठामा ३ वटा वेड राख्न सकिन्छ ।

प्रकाशित मितिः २०७८ बैशाख २३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय