पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या ३ लाख ७ हजार ९ सय २५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये २६ हजार २ सय २५ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा १४ हजार ६७२ जनाको पिसिआर परीक्षण गर्दा ४ हजार ३ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २४ लाख ३२ हजार ८९ पुगेको छ । गत २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १९४ पुगेको छ । हाल ५८ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा ५ सय ५५ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७८ हजार ५ सय ६ जना पुगेको मन्त्रालयले जनाएको छ। हालसम्म ९० दशमलब ४५ प्रतिशत कोरोना संक्रमित निको भएका छन्।
प्रकाशित मितिः २०७८ बैशाख १४ मंगलबार
