शहरी क्षेत्रका विद्यालय बैशाख महिनाभर बन्द गर्ने सरकारको निर्णय

भक्तपुर न्यूज

६ वैशाख २०७८ ६:५२

शहरी क्षेत्रका विद्यालय बैशाख महिनाभर बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले शहरी क्षेत्रका विद्यालय बैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बैशाख महिनाभर विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

सीसीएमसीको सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरि भौतिक रुपमा बन्द गरी भर्चुअल रुपमा कक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले भौतिक रूपमा हुने पढाईलाई अनलाइन मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रकाशित मितिः २०७८ बैशाख ०६ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *