काठमाडौं । इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लव रियाल मड्रिडसँग गोलरहित बराबरीमा रोकिएपछि लिभरपुल क्वाटरफाइनलबाट बाहिरिएको हो ।
रियलले लिभरपुलमाथि समग्रमा ३–१ को जित निकाल्दै रियल सेमिफाइनलमा पुग्न सफल भएको हो ।
लिभरपुलको घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा लिभरपुल र रियाल बीचको खेल गोलरहित बराबरीमा सकिएपछि पहिलो लेगमा हात पारेको तीन एकको जित नै रियाललाई सेमिफाइनलमा पुग्न पर्याप्त बन्यो ।
दोस्रो लेगमा लिभरपुलले पहिलो हाफमा नै केहि मौका पाएको थियो । जसमा मोहम्मद सलाह, जेम्स मिल्नरले मौका खेर फाले । अब सेमिफाइनलमा रियालले अर्को प्रिमियर लिग चेल्सीसँग खेल्नेछ ।
प्रकाशित मितिः २०७८ बैशाख ०२ बिहिबार
Comments