पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमाकुनै पनि कोरोना संक्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ३८ जना रहेको छ ।
पछिल्लो २४ घन्टामा नयाँ संक्रमित ३ सय ३२ जना थपिएका छन् । आज ७९ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७९ हजार १ सय संक्रमित भएपनि २ लाख ७३ हजार ६ सय ८ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने २ हजार ४ सय ५४ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा थप ४ हजार ६ जनाको पिसिआर परीक्षण गरेसंगै आजसम्म २३ लाख २ हजार १ सय ७३ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको संख्या ७७ रहेको छ ।
प्रकाशित मितिः २०७७ चैत्र २६ बिहिवार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
