आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो

भक्तपुर न्यूज

११ असार २०८२ १४:३६

आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो

काठमाडौं । आज बुधबार बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुन तोलामा १५ सय रुपैयाँले घटेर प्रति तोला एक लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। हिजो मंगलबार सुन तोलाको एक लाख ९३ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदी प्रति तोलामा ४० रुपैयाँले घटेर प्रति तोला २१ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो मंगलबार चाँदी प्रति तोलाको २१ सय ६० रुपैयाँ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *