गभर्नर नियुक्त पद बहाली गरेको दिन शेयर बजार नकारात्मक
काठमाडौं । अघिल्ला दुई कारोबारका दिन निरन्तर बढेको नेप्से आज बुधबार घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ७.९४ अंक घटेर २६६९.५१ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ७ अर्ब ३१ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १ प्रतिशत घटेको छ।
ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । श्वेत गंगा हाइड्रोपावर एणड कन्स्ट्रक्सन शेयरमूल्य यस दिन सर्वाधिक ८.३२ प्रतिशत घटेको छ। राधी विद्युत कम्पनीको सबैभन्दा धेरुे ७१ करोड ३ लाख ६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। बजारमा कारोबारमा भने सुधार आएको छ । बुधबार पौने ११ अर्ब बराबरको शेयर किनबेच भएको छ । शेयर बजार विश्लेषकहरूले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरलाई शेयर बजार वृत्तले सावधान गर्दै खुला स्वागत नगरेको टिप्पणी गरेका छन् ।