सुन तोलामा ५ हजार र चाँदीमा ५० रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा हिजो मंगलबार स्थिर रहेको सुनको मूल्यमा आज बुधबार अत्यधिक वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार सुन तोलामा पाँच हजार रुपैयाँले बढेको जनाएको छ ।
महासंघका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । हिजो मंगलबार सुन तोलाको १ लाख ८४ हजार ८ रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी ५० रुपैयाँले बढेर १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन मंगलबार चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
३ जेठ २०८२ १४:२१
पृथ्वी, हिमाल र महासागर जोगाउन सगरमाथा संवाद : प्रधानमन्त्री ओली
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
२ जेठ २०८२ १८:१५