पूर्वराष्ट्रपति बाइडेनलाई क्यान्सर

भक्तपुर न्यूज

६ जेठ २०८२ १२:१८

पूर्वराष्ट्रपति बाइडेनलाई क्यान्सर

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ । ८२ वर्षीय पूर्वराष्ट्रपति बाइडेनलाई देखिएको क्यान्सर हड्डीमा समेत फैलिएको उनको कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

गत साता पिसावसम्बन्धी केही समस्या देखिएपछि चिकित्सकसँग परामर्श गरेका बाइडेनको शुक्रबार नै क्यान्सर भएको पुष्टि भएको हो । बाइडनमा देखिएको क्यान्सर तीब्र गतिमा फैलने प्रकृतिको रहेको जनाइएको छ ।

बाइडेन र उनको परिवार अहिले चिकित्सकहरुको परामर्शमा विभिन्न उपचार विकल्पहरूको अध्ययन गरिरहेको छ । बाइडेनलाई देखिएको क्यान्सर औषधिको प्रयोग गरेर नियन्त्रणमा ल्याउन सकिने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *