पूर्वराष्ट्रपति बाइडेनलाई क्यान्सर
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ । ८२ वर्षीय पूर्वराष्ट्रपति बाइडेनलाई देखिएको क्यान्सर हड्डीमा समेत फैलिएको उनको कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
गत साता पिसावसम्बन्धी केही समस्या देखिएपछि चिकित्सकसँग परामर्श गरेका बाइडेनको शुक्रबार नै क्यान्सर भएको पुष्टि भएको हो । बाइडनमा देखिएको क्यान्सर तीब्र गतिमा फैलने प्रकृतिको रहेको जनाइएको छ ।
बाइडेन र उनको परिवार अहिले चिकित्सकहरुको परामर्शमा विभिन्न उपचार विकल्पहरूको अध्ययन गरिरहेको छ । बाइडेनलाई देखिएको क्यान्सर औषधिको प्रयोग गरेर नियन्त्रणमा ल्याउन सकिने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२