धेरै दिनपछि आज बुधबार शेयर बजारमा उछाल

भक्तपुर न्यूज

२४ वैशाख २०८२ १५:५२

धेरै दिनपछि आज बुधबार शेयर बजारमा उछाल

काठमाडौं ।  धेरै दिनपछि आज बुधबार शेयर बजारमा उछाल देखिएको छ । आज बुधबार नेप्से ६१ अंकले बढेर परिसूचक २६.७२ विन्दुमा पुगेर रोकिएको छ । आजका दिन २ करोड ७३ लाख कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५१ करोडको कारोबार भएको छ ।

कारोबारमा आएका २२७ कमपनीको शेयर बढेको छ भने १८ कम्पनीको शेयर घट्दा एक कम्पनी स्थिर रहेको छ । कारोबारका आधारमा आज सानिमा हाइड्रोपावर, ङादी ग्रुप, राधि विद्युत, युनिर्भसल पावर कम्पनी, सिंगटी हाइड्रोपावर अगाडि रह्यो । ती कम्पनीले ४० करोड माथिको कारोबार गरेका छन् ।

यस्तै आज नेपाल माइक्रो इन्सुरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीमा सकारात्मक सर्किट लाग्यो भने ४ कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढ्यो । घट्ने मा न्यादी हाइड्रोपावर अगाडि रह्यो । आजका दिन सबै इन्डेक्स बढेका छन् । सबैभन्दा धेरै फाइनान्स समूहको छ जुन ५.५५ प्रतिशतले बढेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *