हालान्ड लामो समय मैदानबाहिर

भक्तपुर न्यूज

१८ चैत २०८१ ९:१३

हालान्ड लामो समय मैदानबाहिर

काठमाडौं। म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्ड लामो समय मैदानबाहिर रहने भएका छन्। उनलाई एफए कप क्वार्टरफाइनलमा बोर्नमाउथविरुद्ध खेल्दा बायाँ खुट्टा चोट लागेको थियो।

आइतबार बोर्नमथविरुद्ध आफ्नो सिजनको ३०औं गोल गरेकै क्षण मिडफिल्डर लुइस कुकको ट्याकलमा परेर उनी घाइते भएका हुन्।

सोमबार गरिएको स्क्यानपछि सिटीले हालान्डको चोटको पूर्ण मूल्यांकन गर्न विशेषज्ञसँग परामर्श लिने जनाएको छ।

सिटीले हालान्डको पुनरागमनको निश्चित समयसीमा तोकेको छैन। तर, सिजन सकिनुअघि फिट हुने अपेक्षा गरिएको छ।

सिटी यस सिजन च्याम्पियन्स लिगका लागि छनोट हुन संघर्षरत छ। लिगमा पाँचौं स्थानमा रहँदा शीर्ष चारभित्र पर्न नौ खेल बाँकी छन्। साथै एफए कपको सेमिफाइनल अप्रिल २६ मा वेम्ब्लीमा नटिङ्घम फरेस्टविरुद्ध खेल्नुपर्नेछ।

‘चोटको थप मूल्यांकन भइरहेको छ,’  सिटीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ,‘हालान्ड सिजनको बाँकी खेलहरूमा सहभागिता जनाउन फिट हुने अपेक्षा गरिएको छ, जसमा यस समरको फिफा क्लब विश्वकप पनि समावेश छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *