भक्तपुरमा ६६ वर्षीय पुरुषको शव भेटियो
भक्तपुर। भक्तपुरमा ६६ वर्षीय पुरुषको शव भेटिएको छ । मध्यपुर ठिमी नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्पटको पार्किङ स्थलमा ६६ वर्षीय ओमप्रकाश राईको शव भेटिएको हो । उनको शव आइतबार बिहान करिब ५ः५५ बजेको समयमा भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भई हाल बोडे बस्ने राई कवाडीको सामान टिप्ने काम गर्ने गरेको प्रहरीले जनाएको छ । उनको दाहिने कानको छेउ र टाउकोमा चोट देखिएको अवस्थामा शव फेला परेको डिएसपी न्यौपानेले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३३