फ्रान्सेली महिला लिगमा पिएसजीविरुद्ध ‘साम्बा’ को दुई गोल

भक्तपुर न्यूज

८ चैत २०८१ १०:२८

फ्रान्सेली महिला लिगमा पिएसजीविरुद्ध ‘साम्बा’ को दुई गोल

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रान्सको शीर्ष डिभिजनमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) विरुद्ध दुई गोल गरेकी छन् । अभान्ट ग्वेन्ग्याम्पबाट लिग खेलिरहेकी साम्बाले शनिबार बिहान भएको खेलमा उक्त गोल गरेका हुन् । तर, रेलिगेसन जोनमा रहेको ग्वेन्ग्याम्प ६–२ ले पराजित भएको छ ।

यो सँगै दोस्रो स्थानमा रहेको पिएसजीले १८ खेलबाट ४२ अंक पुर्‍याएको छ । समान खेलबाट ग्वेन्ग्याम्पको तीन अंक छ । ग्वेन्ग्याम्पले जारी लिगमा एक जित मात्रै हात पारेको छ । स्टेड डे राउडोरोउम भएको खेलमा साम्बाले सुरुआती ११ मै स्थान बनाएकी थिइन् । २२औं मिनेटमै सकिना कार्चाउईको क्रसमा ग्रेस ग्योरोको गोलमार्फत पिएसजीले सुरुआती अग्रता लिएको थियो । ५२औं मिनेटमा मर्भिले कान्जिङ्गा नागुन्जीले गल गर्दै पिएसजीलाई २–० को अग्रता दिलाइन् । उनले मारी–एन्टोइनेट काटोटोको पासमा गोल गरेकी हुन् ।

तर, साम्बाले ५८औं मिनेटमा गोल फर्काएकी थिइन् । उनले एनाइस रिबेराको पासमा गोल गर्दै खेल २–१ मा ल्याइन् । यद्यपि, पिएसजीले पाँच गोल थप्दा ग्वेन्ग्याम्पले एक मात्रै फर्काउन सकेको थियो । त्यसपछि कोर्बिन अल्बर्ट र सोफिया गुएलाटीले गोल गर्दै पिएसजीलाई ५–१ को फराकिलो अग्रता दिलाइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *