म्यानमारलाई नेपालले बराबरीमा रोक्यो
काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तर्गत हिजो भएको नेपालले आफ्नो तेस्रो खेल म्यानमारसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेल २-२ गोलको बराबरीमा सकिएको हो । सिंगल लिगमा भइरहेको प्रतियोगितामा यी दुई टोली अपराजित रहँदै एक खेल अगाबै फाइनलमा भने प्रवेश गरिसकेका छन् । नेपालले किर्गिस्तान र लेबनानलाई समान १-० ले पराजित गरेको थियो।
म्यानमारले भने लेबनानलाई ३–१ र किर्गिस्तानलाई ५-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । ५५ औं वरीयतामा रहेको म्यानमारलाई भने नेपालले अहिलेसम्म पराजित गर्न सकेको छैन । सन् २००९ मा भएको पहिलो भेटमा यी दुई टोलीले १–१ को बराबरी खेलेका थिए । त्यसपछि उज्बेकिस्तानमा भएको अर्को भेटमा भने नेपाल ३–१ ले पराजित भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२२ वैशाख २०८२ ११:५५