अल–नासर साउदी प्रो– लिगमा पराजित
काठमाडौं। अल–नासर साउदी प्रो– लिगमा पराजित भएको छ। नासर अल–इत्तिफाकसँग ३–२ ले पराजित भएको हो। योसँगै नासरले शीर्ष स्थानको अल–इत्तिहादसँग अंक दूरी कम गर्ने मौका गुमाएको छ।
इत्तिहादको ५० खेलबाट ५२ अंक छ भने चौथो स्थानकफ नासरको एक खेल बढी खेल्दा ४४ अंक छ। इत्तिफाक भने २८ अंकसहित आठौं स्थानमा छ।
खेलको ४७औं मिनेटमा आयमान याह्याको गोलमार्फत नासरले सुरुआती अग्रता लिएको थियो। तर, ५५औं मिनेटमा जर्जिनियो विज्नाल्डमले इत्तिफाकलाई खेलमा फर्किए।
६५औं मिनेटमा मोहम्मद अल फाटिलको गोलमार्फत नासरले पुन: २–१ को अग्रता लिएको थियो। तर, सो अग्रता कायम राख्न सकेन।
८२औं मिनेटमा उनले नै आत्मघाती गोल गर्न पुगे। निर्धारित खेल सकिन एक मिनेट बाँकी रहँदा जर्जिनियोले अर्को गोल गर्दै इत्तिफाकको जित पक्का गरे।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२२ वैशाख २०८२ ११:५५