आज नेदरल्याण्ड्स र थाइल्याण्डको खेल्दै
काठमाडौं । महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा आज नेदरल्याण्ड्स र थाइल्याण्डको खेल्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ ।
सिरिजमा नेदरल्याण्ड्स लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेल खेल्दै गरेको थाइल्याण्ड जितका साथ सिरिज सुरु गर्न चाहन्छ ।
हिजो भएको पहिलो खेलमा नेदरल्याण्ड्सले आयोजक नेपाललाई २० रनले पराजित गरेको थियो । महिला टि ट्वान्टी आई वरियतामा थाइल्याण्ड १३ औं, नेदरल्याण्ड्स १६ औं र नेपाल २० औं स्थानमा छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार हरेक टोलीले एक अर्कासँग तीन पटक खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता घोषणा गरिने छ । भोलि नेपालले दोस्रो खेलमा थाइल्याण्डसँग खेल्नेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२४ वैशाख २०८२ १४:४५
भारतको दाबी : “अपरेशन सिन्दूर” नापतौलपूर्ण आक्रमण
२४ वैशाख २०८२ ११:३९
वर्षाले प्रभावित खेल जित्दै गुजरात आइपीएलको शीर्ष स्थानमा
२४ वैशाख २०८२ ११:३७
इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको फाइनलमा
२५ वैशाख २०८२ १०:५४