महिला टी–ट्वान्टी आई श्रृंखला : नेपाल र नेदरल्याण्ड्स भिड्दै
काठमाडौं । काठमाडौंमा आजदेखि नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला –ट्वान्टी आई श्रृंखला सुरू हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा आज नेपालले आइसीसी वरीयतामा १६ औं स्थानमा रहेको नेदरल्याण्ड्ससँग भिड्दै छ । महिला टी–ट्वान्टी आई वरियतामा नेपाल २० औं र थाइल्याण्ड १३ औं स्थानमा छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ ।
नेपाल र नेदरल्याण्ड्स बीच महिला क्रिकेटमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । पहिलोपटक खेल्न दुवै टोली उत्साहित छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार हरेक टोलीले एक अर्कासँग तीन पटक खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता घोषणा गरिने छ । क्यानले शृंखलाका खेल दर्शकलाई नि:शुल्क हेर्न दिने पनि भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
४ जेठ २०८२ ९:५४
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१९