महिला टी–ट्वान्टी आई श्रृंखला : नेपाल र नेदरल्याण्ड्स भिड्दै
काठमाडौं । काठमाडौंमा आजदेखि नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला –ट्वान्टी आई श्रृंखला सुरू हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा आज नेपालले आइसीसी वरीयतामा १६ औं स्थानमा रहेको नेदरल्याण्ड्ससँग भिड्दै छ । महिला टी–ट्वान्टी आई वरियतामा नेपाल २० औं र थाइल्याण्ड १३ औं स्थानमा छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ ।
नेपाल र नेदरल्याण्ड्स बीच महिला क्रिकेटमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । पहिलोपटक खेल्न दुवै टोली उत्साहित छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार हरेक टोलीले एक अर्कासँग तीन पटक खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता घोषणा गरिने छ । क्यानले शृंखलाका खेल दर्शकलाई नि:शुल्क हेर्न दिने पनि भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
