अष्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य
काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकपको आफ्नो तेस्रो खेलमा अस्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएको छ ।
वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।
अस्ट्रेलियाका लागि काओइमहे ब्रेले ४५, एलेनोर लारोसाले ३१, हसरत गिलले ३०, क्लो आइन्सवर्थले अविजित १६ तथा कप्तान लुसी ह्यामिल्टनले १४ रन बनाए ।
नेपालकी कप्तान पूजा महतोले तीन, सिमाना केसीले दुई र रिया शर्माले एक विकेट लिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
४ जेठ २०८२ ९:५४
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१९