दक्षिण कोरियामा १७ महिनासम्म छात्रवृत्तिका साथ वैदेशिक अध्ययन/तालिमको अवसर
काठमाडौं । ६० निजामती कर्मचारीले दक्षिण कोरियामा १७ महिनासम्म वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिको अवसर पाउने भएका छन् । आगामी जनवरी २० देखि १७ महिनाका लागि ती कर्मचारी दक्षिण कोरियामा छात्रवृत्ति अन्तर्गत अध्ययन/तालिममा सहभागी हुन पाउने भएका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत मानव संसाधन योजना शाखाले सरकारी सबै निकाय तथा तहलाई वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा पठाउने कर्मचारी मनोनयन गरी जानकारी पठाउन आह्वान गरेको छ ।छात्रवृत्ति मनोनयनमा सम्बन्धित सेवा, समूह र श्रेणीभित्रका समावेशी महिला, आदिवासी÷जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्र तथा हालसम्म अवसर नपाएका र दुर्गममा सबैभन्दा बढी समय काम गरेका आधारमा कर्मचारीलाई प्राथमिकता दिइ मनोनयन गर्न पनि मन्त्रालयले भनेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००