‘मार्शल ल’ लगाउने दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाअभियोग दर्ता

भक्तपुर न्यूज

१९ मंसिर २०८१ १२:५६

‘मार्शल ल’ लगाउने दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाअभियोग दर्ता

काठमाडौं । दक्षिण कोरियाका विपक्षी दलहरूले राष्ट्रपतिलाई महाभियोग लगाउने विधेयक पेस गरेका छन्। दक्षिण कोरियाली संसदमा रहेका ६ वटा विपक्षी दलहरूले राष्ट्रपति युन सुक योललाई महाभियोग लगाउन माग गर्दै विधेयक दर्ता गरेका हुन्।

योनहाप समाचार एजेन्सीका अनुसार उक्त विधेयक स्थानीय समय अनुसार दिउँसो २:४० बजे देशको व्यवस्थापिका राष्ट्रिय सभामा पेस गरिएको छ। मुख्य विपक्षी डेमोक्र्याटिक पार्टी लगायत ६ वटा पार्टीहरूले युनको अल्पकालीन मार्शल ल डिक्रीलाई लिएर राजनीतिक तहमा व्यापक आलोचना भएपछि संयुक्त रूपमा महाभियोग प्रस्ताव प्रस्ताव गर्ने निर्णय गरेका हुन।

योनहापका अनुसार शुक्रबार वा शनिबार मतदान हुने गरी बिहीबार नेशनल एसेम्बलीको पूर्ण सत्रमा यो विधेयक पेस गर्ने अपेक्षा गरिएको छ। दक्षिण कोरियाको संविधान अन्तर्गत संसद्को बहुमत सदस्यले महाभियोग प्रस्ताव गर्न सक्नेछन्। र, सबै सांसदहरूको दुई तिहाइले सो महाअभियोगलाई अनुमोदन गर्नुपर्ने हुन्छ। त्यसपछि यो प्रस्ताव सर्वोच्च अदालतसँगै दक्षिण कोरियाको सर्वोच्च अदालत मध्येको एक संवैधानिक अदालतमा जानेछ।

कम्तीमा ६ जना न्यायाधीशले संविधान अनुसार महाभियोग अघि बढाउन सहमत हुनु पर्ने कानुनी व्यवस्था रहेको छ। संविधान बमोजिम महाभियोगको फैसला नभएसम्म राष्ट्रपतिलाई सो प्रक्रिया कायम रहुन्जेल आफ्नो शक्ति प्रयोग गर्नबाट निलम्बन गरिने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *