रवि लामिछानेसँग आज पनि बयान जारी

भक्तपुर न्यूज

१९ मंसिर २०८१ १२:००

रवि लामिछानेसँग आज पनि बयान जारी

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि बयान सुरु भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा बिहान ९ बजेदेखि बयान भइरहेको हो । हिजो दिउँसो १ देखि ४ बजेसम्म नसकिएपछि आज पनि बयान लिइएको हो ।

चितवनस्थित साहारा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा लामिछानेमाथि बयान भइरहेको हो । तत्कालीन गोर्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेमाथि विभिन्न सहकारीबाट रकम लगेको आरोप छ ।

सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेसँग यसअघि कास्की, रुपन्देही र काठमाडौंमा बयान सकिइसकेको छ । लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति सुद्धीकरणसम्बन्धी मुद्दा रहेको छ । उनलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *