दक्षिण कोरियाको जेजु टापुमा ३८ जना भियतनामी पर्यटक बेपत्ता

भक्तपुर न्यूज

१८ मंसिर २०८१ १२:४२

दक्षिण कोरियाको जेजु टापुमा ३८ जना भियतनामी पर्यटक बेपत्ता

काठमाडौं । दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा ३८ जना भियतनामी पर्यटक बेपत्ता भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार टापुको पर्यटन सङ्गठनलाई उद्धृत गर्दै जनाएको छ ।

गत नोभेम्बर–१४ मा चार्टर्ड भियेटजेट एयरको उडानबाट करिब ९० जना भियतनामी यात्रु टापुमा आइपुगेको स्रोतले जनाएको छ । तिनीहरुमध्ये ३८ जना पर्यटक यही स्थानबाट सम्पर्कविहीन भएको तथा बाँकी यात्रुहरु सोही उडानमा फिर्ता भएको स्रोतले जनाएको छ ।

ती विदेशी यात्रुहरूलाई बिना भिसा ३० दिनसम्म उक्त टापुमा बस्न अनुमति दिइएको थियो । जसअनुसार ती भियतनामी पर्यटकहरू डिसेम्बर–१४ पछि अवैध आप्रवासी हुनेछन् । टापुस्थित अध्यागमन कार्यालयले बेपत्ता भियतनामीहरूको ठेगाना पत्ता लगाउन निगरानी गरिरहेको जनाएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *