गाजामा इजरायलको हवाई आक्रमणमा एकै परिवारका तीन जनाको मृत्यु, कैयौँ घाइते
काठमाडौं । गाजा पट्टीको नुसिरात क्याम्पमा रहेको घरमा भएको इजरायली हवाई आक्रमणमा एकै परिवारका तीनजना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।
गाजा सहर केन्द्रमा रहेको घरलाई लक्षित गरी भएको आक्रमणमा एक प्यालेस्टिनी महिला, उनको छोरा र नातिको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।
लडाकु विमानहरूले माघाजी शिविरको उत्तरमा रहेको घरमा गोलाबारी गरेका थिए । उक्त घटनामा कैयौँ घाइते भएका हुन् । यस्तै देइर अल–बलाहको पश्चिममा आठ प्यालेस्टिनीहरू घाइते भएका छन् । पछिल्लो २४ घण्टामा, इजरायली आक्रमणले गाजा पट्टीमा ४८ जनाको मृत्यु हुनुका साथै ५३ जना घाइते भएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००